1 Kings 22:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकायाले अझै भन्‍दैगए, “परमप्रभु के भन्‍नुहुन्‍छ, सो सुन्‍नुहोस्। परमप्रभुलाई स्‍वर्गमा आफ्‍ना सिंहासनमा विराजमान भइरहनुभएको मैले देखें। सारा दूतगण उहाँका छेउमा खडा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्‍नुहोस्‌: मैले परमप्रभुलाई स्‍वर्गका आफ्‍ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्‍नो सिंहासनमा विराजमान हुनुभएको देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मीकायाले भन्दै गए, “यसकारण याहवेहको वचन सुन्‍नुहोस्: मैले याहवेहलाई सिंहासनमा बसिरहनुभएको देखेँ। उहाँका चारैतिर दाहिने र देब्रेपट्टि स्वर्गीय सेना उभिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।