1 Kings 22:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, ‘रामोतमा गएर मारिनलाई कसले आहाबलाई धोका दिएर लडाइँ गर्न पठाउला?’ कति स्वर्गदूतले एक कुरा र अरू कति स्वर्गदूतले अर्को कुरा भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ “एउटाले यस्तो र अर्काले अर्को सल्लाह दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्नुभयो, ‘कसले आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, ‘तिमीहरूमध्ये कसले राजा आहाबलाई फसाउने? म चाहन्छु ऊ गिलादको रामोतमा जाओस् अनि त्यहाँ मारियोस्।’ विभिन्न स्वर्गदूतहरूले अलग अलग सुझाऊहरू पेश गरे।