1 Kings 22:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्तमा मीकायाले भने, “यसरी सबै कुरा भएको हो। परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूलाई झूट बोल्न लाउनुभएको छ। तर उहाँले तपाईंको सर्वनाश गराउने फैसला गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमप्रभुले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसरी अब याहवेहले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
मीकायाले आफ्नो कथा पूरा गरे। तब उनले भने, “यसकारण यहाँ त्यस्तैं कुराहरू भए। परमप्रभुले तिम्रो सबै अगमवक्ताहरूलाई तिम्रो सामु झूठो बोल्न लगाउनुभयो। परमप्रभुले आफैं नै निर्णय लिनुभएकोछ। तिम्रो अघि ठूलो संकट आउँने छ।”