1 Kings 22:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकायाले चिच्‍च्‍याएर भने, “तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको हुँदैहोइन!” त्‍यसपछि उनले भने, “मैले के भनें, तपाईंहरू सबैले सुनिराख्‍नुहोला!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मीकायाले घोषणा गरे, “यदि तपाईं सुरक्षित फर्कनुभयो भने याहवेह मद्वारा बोल्नुभएको होइन।” त्यसपछि तिनले अझ थपे, “तिमीहरू सबैले मेरो कुरा याद राख्नू!”
Nepali ERV (पवित्र बाइबल)
तब मीकायाले ठूलो स्वरमा भने, “यदि तपाईं लडाईंबाट सुरक्षित फर्केर आउनु भयो भने यो प्रमाण हुन्छ कि परमप्रभुले म द्वारा बोल्नु भएको होइन्। उसले यो पनि भने, “मानिसहरू तिमीहरू सबैले सुन!”