1 Kings 22:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घनघोर लडाइँ चल्यो, त्यस बेला आहाब राजा रथमा अडिएर बसेका थिए र अरामीहरूको सामना गर्दै थिए। उनको चोटबाट रगत बहिरहेको थियो र रगतले रथको तल्लो भाग भरिँदै थियो। साँझमा उनी मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहे। तिनको चोटबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो, र त्यही साँझमा तिनी मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युद्ध दिनभरि नै चलिरह्यो र राजालाईचाहिँ आफ्नो रथमा अड्याएर अरामीहरूतिर फर्काइएको थियो। तिनको चोटबाट रथमा रगत बगिरहेको थियो; र त्यही बेलुकी तिनको मृत्यु भयो।
Nepali ERV (पवित्र बाइबल)
डरलाग्दो लडाँईं भइरहेको थियो। इस्राएलका राजा आफ्नो रथमा नै रहे। उनी रथको एकतिर ढल्कि रहेका थिए। उसले अरामका सेनाहरूलाई हेरिरहेका थिए। उनको रगत तलतिर बगिरहेको थियो अनि रथको तल्लो भागलाई ढाकिरहेको थिए। त्यही दिन बेलुकी तिर राजाको मृत्यु भयो।