1 Kings 22:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको रथलाई सामरियाको तलाउमा लगेर धोइयो, जहाँ वेश्याहरूले नुहाइ-धुवाइ गर्दथे। कुकुरहरूले उनको रगत चाटेर खाए। यी सबै कुरा परमप्रभुले भनेअनुसार भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्यो रथ सामरियाको एउटा तलाउमा धोए, जहाँ वेश्याहरूले नुहाइधुवाइ गर्थे, र परमप्रभुको वचनले घोषणा गरेबमोजिम कुकुरहरूले तिनको रगत चाटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले रथलाई सामरियाको एउटा तलाउमा धोए (जहाँ वेश्याहरू नुहाउने गर्थे) र याहवेहको वचनले घोषणा गरेझैँ कुकुरहरूले तिनको रगत चाटे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले आहाबको रथलाई सामरियाको पोखरीमा धोए। कुकुरहरूले रथबाट राजा आहाबको रगत चाटे। अनि वेश्याहरूले पानीको प्रयोग नुहाउनमा गरे। यी घटनाहरू त्यसरी नै भए जसरी परमप्रभुले हुन्छ भन्नु भएको थियो।