1 Kings 22:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाब राजाले गरेका अरू सबै कामहरू, उनले बसालेका सहरहरू र हात्तीका दाँतले सिङ्गारेका उनको महलको बयानसमेत इस्राएलका राजाको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, र तिनले बनाएको हस्ती-हाड़ले मोहोरेको राजमहल, र तिनले किल्लाले घेर्न लगाएका सहरहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबका शासनका अरू घटनाहरू र तिनले गरेका सबै कामहरू, तिनले हस्तीदन्तले बनाएका महल, अनि तिनले पर्खाल लगाएका सहरहरूको विषयमा चाहिँ इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए ‘इस्राएलका राजाहरूको इतिहासको, पुसतकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।