1 Kings 22:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि उनका बुबा आसाले झैँ उनले परमप्रभुको नजरमा जे उचित छन् ती काम गरे तर मूर्तिपूजा गर्ने पूजा-स्‍थलहरू भने नाश गरेनन् र मानिसहरूले त्‍यहाँ बलिदान चढाउने र धूप बाल्‍ने काम गरि नै रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै कुरामा तिनी आफ्‍ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्‌। परमप्रभुको दृष्‍टिमा जे कुरो असल थियो त्‍यही तिनले गरे। तापनि डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले त्‍यहाँ अझै बलिदान चढ़ाउँदै र धूप बाल्‍दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक कुरामा तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। तैपनि देवस्थानहरू हटाइएनन्; र मानिसहरूले त्यहाँ निरन्तर बलिदानहरू चढाए र धूप बाले।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातले आफ्ना पिता आसाको उदाहरण अनुशहरण गरे। उनले सबै आदेशहरू पालन गरे जो परमप्रभुले चाहानु भएको थियो।