1 Kings 22:49 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजा अहज्याहले आफ्ना नाविकलाई यहोशापातका मानिसहरूसित जलयात्रामा जानलाई पठाउने कुरा गरे तर यहोशापातले त्यो मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “तपाईंका मानिसहरूसँग मेरा मानिसहरूलाई जहाजमा जान दिनुहोस्।” तर यहोशापातले इन्कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “मेरा मानिसहरूलाई तपाईंका मानिसहरूसित जान दिनुहोस्,” तर यहोशापातले अस्वीकार गरे।
Nepali ERV (पवित्र बाइबल)
अहाबका छोरो अहज्याहले यहोशापातलाई सहायता गर्न चाहान्थ्यो। अहज्याहले उसका केही नाविकहरू यहोशापातका नाविकहरूलाई सहायता गर्न पठाए तर यहोशापातले अहज्याहका नाविकहरूलाई ग्रहण गर्न अस्वीकार गरे।