1 Kings 22:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापात मरे। उनलाई दाऊदको सहरमा राजा गाडिने चिहानमा राखियो। उनीपछि उनको छोरो यहोराम राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनका पिता दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहोशापात आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै आफ्ना पिता दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा यहोराम राजा भए।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातको मृत्यु भयो अनि उनलाई आफ्ना पुर्खाहरूको छेऊमा गाडियो। उनलाई आफ्ना पुर्खाहरू सँग दाऊदको शहरमा गाडियो। तब उनका छोरा योराम राजा भए।