1 Kings 22:53 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले बाल-देवताको पूजा र सेवा गरे र त्यसरी अघि आफ्ना बुबाले गरेझैँ परमप्रभु इस्राएलका परमेश्वरको रिस जगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बाल देवताको सेवा गरे र त्यसलाई पुजे, र तिनका पिताले गरेझैँ परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले बालको सेवा गरेर त्यसलाई पूजा गरे, र आफ्ना पिताले गरेझैँ याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाए।
Nepali ERV (पवित्र बाइबल)
अहज्याहले उनका पिता जस्तैं बालको पूजा अनि सेवा गरे। यसकारण अहज्याहले परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठ्ने बनाए। परमप्रभु ऊ माथि रिसाउनु भयो, जसरी उहाँ उसका पितासित ऊ भन्दा पहिला रिसाउनु भएको थियो।