1 Kings 22:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले उत्तर दिए, “यिम्लाको छोरो मीकाया नाम गरेको एक जना अगमवक्ता त छ; तर म त्यसलाई मन पराउँदिनँ किनभने त्यसले कहिल्यै मलाई असल अगमवाणी भन्दैन, सधैँ खराब वचन मात्र भन्छ।” “तपाईंका मुखबाट यस्तो वचन निस्कनुहुन्न,” यहोशापातले उत्तर दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सोध्नलाई एक जना त छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवचन कहँदैनन्, तर सधैँ खराबी मात्र। तिनी यिम्लाका छोरा मीकाया हुन्।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्नुहुँदैन।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।” यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”