1 Kings 3:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु। तेरो जीवनभरि अरू सबै राजाका भन्दा बढी धन-सम्पत्ति र इज्जत तैँले पाउनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात् धन-सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक तैँले नमागेको कुरा पनि म तँलाई दिनेछु, अर्थात् धन र सम्मान दुवै दिनेछु। यसरी तेरो जीवनकालमा तेरो बराबरीका राजा कोही पनि हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।