1 Kings 3:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहान उठेर आफ्‍नो बालकलाई दूध खुवाऊँ भनेको त बालक मरिसकेको पो रहेछ। राम्ररी हेरेको त मरेको छोरा मेरो होइन रहेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोलिपल्‍ट बिहानै छोरालाई दूध खुवाउन उठ्‌दा त मैले मेरो छोरालाई मरेको भेट्टाएँ। तर मैले त्‍यसलाई बिहानको उज्‍यालोमा राम्ररी हेर्दा त त्‍यो मैले जन्‍माएको मेरो छोरो होइन रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भोलिपल्ट बिहानै जब म आफ्नो छोरालाई दूध खुवाउन उठेँ, तब मैले त्यसलाई मरेको भेट्टाएँ! तर जब मैले त्यसलाई बिहान उज्यालोमा नियालेर हेरेँ, तब त्यो त मैले जन्माएको मेरो छोरो होइन रहेछ!”
Nepali ERV (पवित्र बाइबल)
बिहान म ब्यूँझिएँ अनि मेरो नानीलाई दूध खुवाउन लागें। तर मेरो नानी मरेको थियो। तब मैले त्यसलाई राम्ररी नियालेर हरें। मैले देखें, त्यो मेरो नानी थिएन।”