1 Kings 3:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँचो आमाको हृदय आफ्नो छोराको मायाले भरियो र त्यसले राजालाई भनी “महाराज! बालक नमार्नुहोस्, त्यसैलाई दिनुहोस्।” तर अर्की आइमाईले भनी, “हामी दुवैलाई बालक नदिनुहोस्, त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आफ्नो छोराको मायाले भरिएर त्यस जिउँदो बालककी आमाले राजालाई भनी, “हे प्रभु, त्यो जिउँदो बालक त्यसलाई नै दिनुहोस्। त्यसलाई नमार्नुहोस्।” तर अर्कीले भनी, “न त मैले न त्यसले लैजान पाओस्। त्यसलाई दुई टुक्रा गरी काट्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसको छोरा जिउँदो थियो, त्यो आफ्नो छोराको निम्ति मायाले भरिएर राजालाई भनी, “हे मेरा मालिक, दया गरी त्यस जिउँदो बालक त्यसलाई नै दिनुहोस्! त्यसलाई नमार्नुहोस्!” तर अर्कीचाहिँले यसो भनी, “यो बालक न त मेरो, न त तेरो नै होस्। त्यसलाई दुई टुक्रा पारिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
अर्की आइमाईले भनी, “यो ठीक छ। नानीलाई दुइ टुक्रा पार्नुहोस्। तब हामीमध्ये कोही पनि उसलाई पाउने छैनौं।” तर पहिलो आइमाई, जो असली आमा थिई, उ आफ्नो नानीको मायाले व्याकुल थिई। उसले राजालाई भनी, “महाराज, नानीलाई कृपया नकाट्नुहोस् बरू उसलाई नै दिनुहोस्।”