1 Kings 3:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सोलोमनले भने, “त्यस बालकलाई नमार्। पहिलो आइमाईलाई नै त्यो बालक दे, तिनी बालककी खास आमा हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले आफ्नो न्यायको फैसला यसरी सुनाइदिए, “त्यो जिउँदो बालक पहिलो आइमाईलाई दिइहाल। त्यसलाई नमार। त्यसकी आमा त्यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले आफ्नो निर्णय सुनाए, “यो बालक पहिलो स्त्रीलाई देओ। यसलाई नमार! यस बालककी आमा त्यही हो।”
Nepali ERV (पवित्र बाइबल)
तब राजा सुलेमानले भने, “नानीलाई नकाट! यसलाई पहिलो आइमाईलाई दिइहाल। ऊ नै असली आमा हो।”