1 Kings 3:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले उत्तर दिए, “तपाईंले आफ्नो सेवक मेरा पिता दाऊदलाई सधैँ औधी माया देखाउनुभयो। उहाँ पनि तपाईंसितको सम्बन्धमा असल, भक्त र इमानदार हुनुहुन्थ्यो र तपाईंले उहाँलाई एउटा छोरो दिनुभयो, जसले आज उहाँको सट्टामा राज्य गर्दै छ र त्यसरी उहाँलाई आफ्नो महान् र अटुट प्रेम देखाइरहनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्वासयोग्य हुनुहुन्थ्यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्थ्यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले जवाफ दिए, “तपाईंले आफ्नो सेवक, मेरा पिता दावीदमाथि ठूलो दया देखाउनुभएको छ। किनकि उहाँ तपाईंप्रति विश्वासयोग्य, धर्मी र हृदयमा सोझो हुनुहुन्थ्यो। तपाईंले आजको दिन उहाँको सिंहासनमा बस्नलाई उहाँलाई एउटा छोरा दिनुभएर तपाईंले उहाँप्रतिको यो ठूलो दया कायम राख्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुसरण गर्नुभयो। उहाँ धर्मी अनि इमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो।