1 Kings 4:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिलादको रामोत सहर, मनश्शेको छोरो याईरका भागमा परेका गिलादका गाउँहरू र बाशानमा अर्गोब प्रान्त, मूल-ढोकामा काँसाका बार लाएका र पर्खालले घेरेको जम्मा साठी वटा ठूल्ठूला सहरहरूमा बेन-गेबेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रामोत-गिलादमा— बेन-गेबेर (जसको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका बस्तीहरू र बाशानमा भएको अर्गोबको जिल्ला अनि मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरेका साठी वटा ठूला-ठूला सहरहरू पनि थिए),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रामोत-गिलादमा, बेन-गेबेर (गिलादमा मनश्शेको छोरा याईरका सबै इलाका साथसाथै बाशानको अर्गोब जिल्ला र त्यसका पर्खाल भएका अनि काँसोका मूलढोका भएका साठी वटा सहरहरू तिनको अधीनमा थिए);
Nepali ERV (पवित्र बाइबल)
बेन-गेबेर रामोत गिलादका राज्यपाल थिए। उनी गिलादमा मनश्शेका छोरा याईरको सबै शहरहरू अनि गाउँका पनि राज्यपाल थिए। उनी बाशानमा अर्गोब अञ्चलका पनि शासक थिए। यस इलाकामा वरिपरि ठूला-ठूला पर्खालले घेरेका साठीवटा शहरहरू थिए। अनि शहरहरूको मूल ढोकामा काँसाका बारहरू थिए।