1 Kings 4:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनका राज्‍यभित्र यूफ्रेटिस नदीदेखि पलिश्‍त देश र मिश्रको सिमानासम्‍म भएका सबै जातिहरू पर्दथे। तिनीहरूले सोलोमनलाई कर तिर्थे र उनको जीवनभरि उनका अधीनमा रहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूको देश र मिश्रको सिमानासम्‍मैका सबै राज्‍यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देशका साथसाथै इजिप्टको सिमानासम्म सबै राज्यमा शासन गर्थे। यी देशहरूले राजकर ल्याउँथे। तिनीहरू सोलोमनको जीवनकालभरि तिनका अधीनमा रहे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान यूफ्रेटिस नदी देखि लिएर पलिश्ती मानिसहरूको धर्ती-सम्म शासन गर्दथे। उनको राज्य मिश्र देशको सीमानासम्म फिंजिएको थियो। यी देशहरूले सुलेमानकहाँ उपहार पठाए अनि जीवनभरि नै आज्ञा पालन गरिरहे।