1 Kings 4:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले रूख-पौधा, लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसप भनिने विशेष एउटा झार, पशु-पंक्षी, घस्री हिंड्‍ने जन्‍तु र माछाहरूका बारेमा बताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्‍मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्‍तुहरू र माछाहरूका विषयमा पनि सिकाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले लेबनानका देवदारुदेखि लिएर पर्खालबाहिर उम्रने हिसपसम्मका सबै वृक्षहरूको बारेमा वर्णन गरे। तिनले पशुहरू, चराहरू, घस्रने जन्तु र माछाहरूको विषयमा पनि बताए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान प्रकृतिको विषयमा धेरै जान्दथे। उनले लबानोनका विशाल देवदारू रूखहरूको विषयमा शिक्षा दिंद थिए, बाबरी बिरूवाको विषयमा जो भित्ताहरू माथि उम्रिन्थ्ये। उनले जनावरहरू, चराचुरूङ्गी, घस्रने जन्तुहरू अनि माछाको विषयमा पनि वार्तालाप गर्दथे।