1 Kings 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोसका राजा हीराम सधैँ दाऊदका मित्र रहेका थिए। आफ्ना पिता दाऊदको स्थानमा सोलोमन राजा भएका छन् भनी सुनेर हीरामले तिनीकहाँ राजदूतहरू पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमन आफ्ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन् भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए।
Nepali ERV (पवित्र बाइबल)
हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए।