1 Kings 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सोलोमनले हीरामलाई उनका मानिसहरूलाई खुवाउन वर्षेनी दुई हजार टन गहुँ र साँढे चार हजार लिटर शुद्ध भद्राक्षको तेल दिने गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्‍ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्‍छे हीरामलाई पठाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले हीरामलाई तिनको घरानाको भोजनका निम्ति बीस हजार कोर्स गहुँको साथमा बीस हजार बाथ जैतुनको पेलिएको तेल दिए। सोलोमनले हीरामका निम्ति वर्षेनी यसो गरिरहे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले हीरामलाई 20,000 मुरी गहुँ र 20 मुरी भद्राक्षको तेल प्रत्येक वर्ष उसको परिवारको निम्ति जुटाए।