1 Kings 5:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्नो प्रतिज्ञा राख्नुभयो र सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा मेलमिलाप थियो र तिनीहरूले आपसमा सन्धि गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्तिको सम्बन्ध थियो, र ती दुवैले सन्धि बाँधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले सोलोमनलाई आफूले प्रतिज्ञा गर्नुभएझैँ बुद्धि दिनुभयो। हीराम र सोलोमनको बीचमा शान्तिपूर्ण सम्बन्ध थियो, अनि दुवैले आपसमा सन्धि गरे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।