1 Kings 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अदोनीरामलाई तिनीहरूका मुखिया खटाए। अदोनीरामले बेगारीहरूलाई दश-दश हजार गरी तीन दलमा भाग गरे। प्रत्येक दलले लेबनानमा एक महिना र आफ्ना देशमा दुई महिना गरेर समय बिताउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले तिनीहरूलाई प्रत्येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्मावाल अदोनीराम थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।