1 Kings 5:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आफ्ना चारैतिरका शत्रु-देशहरूसित मेरा पिता दाऊदले लगातार लडाइँ गर्नुपरेको थियो। उहाँलाई आफ्ना सबै शत्रुहरूमाथि परमप्रभुले विजय नदिउञ्जेलसम्म परमेश्वर परमप्रभुको आराधना गर्न उहाँले मन्दिर बनाउन सक्नुभएन भनी तपाईं जान्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्जेल परमप्रभु उहाँका परमेश्वरका नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।