1 Kings 5:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनको खबर पाएर हीराम औधी खुसी भए। तिनले भने, “त्यस महान् जातिको राजा हुनलाई परमप्रभुले दाऊदलाई सोलोमनजस्ता बुद्धिमान् छोरो दिनुभएको लागि उहाँको प्रशंसा गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्यन्तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”