1 Kings 6:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मिश्रदेश छाडेको चार सय असी वर्षपछि आफ्ना शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा सोलोमनले मन्दिर बनाउने काम सुरु गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरू मिश्रदेशबाट निस्केर आएका चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलीमाथि राज्य गरेका चौथो वर्षको जीभ, अर्थात् दोस्रो महिनामा तिनले परमप्रभुको मन्दिर बनाउन सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महिना, अर्थात् जीव नामक दोस्रो महिनामा तिनले याहवेहको मन्दिर निर्माण गर्न सुरु गरे। यो कार्य इस्राएलीहरू इजिप्टबाट निस्किआएको चार सय असी वर्षमा भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमानले मन्दिर बनाउन शुरू गरे। इस्राएलका मानिसहरूले मिश्र देश छोडेको 480 वर्ष पछिको कुरा थियो। यो सुलेमान राजाको शासनको चौथो वर्ष थियो। यो वर्षको दोस्रो महीना, जिबको महिना थियो।