1 Kings 6:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरको भित्री भित्ताहरू भूइँदेखि छानासम्म देवदारुका फल्याकले ढाकेका थिए र भूइँमा सल्लाका फल्याक ओछ्याइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मन्दिरको भूइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ता देवदारुका फलेकहरूले मिलाएर भरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसका भित्री भित्ताहरूमा भुइँदेखि छानासम्मै देवदारुका काठहरू लगाए। मन्दिरको भुइँचाहिँ सल्लाका फल्याकहरूले ढाकिदिए।
Nepali ERV (पवित्र बाइबल)
मन्दिर भित्रका ढुङ्गाका भित्ताहरूलाई धूपीका फल्याकहरूले ढाकिएको थियो। धूपीका फल्याकहरू भूइँदेखि छानासम्म ठोकिएका थिए। ढुङ्गाको भूइँमाथि सल्लाका फल्याकहरू ओछ्याइएका थिए।