1 Kings 6:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको पछिल्‍लो भागमा एउटा भित्री कोठा बनेको थियो। त्‍यसलाई महा-पवित्रस्‍थान भनिन्‍थ्‍यो। त्‍यो नौ मिटर लामो थियो र देवदारुका फल्‍याकले भूइँदेखि छानासम्‍म ढाकी अलग्‍गै छुट्ट्याइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरभित्र पछाड़िपट्टि तिनले भूइँदेखि दलिनसम्‍म देवदारुका फलेकहरू मिलाएर बीस हात लामो भित्री पवित्रस्‍थान, अर्थात्‌ महा-पवित्रस्‍थान बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भवनको पछिल्‍लो भागपट्टि बीस क्यूबिट छुट्याएर भुइँदेखि छानासम्मै देवदारुका फल्याकहरूले बारे। अनि त्यस भवनको भित्रपट्टि भित्री पवित्रस्थान, लगभग महा-पवित्रस्थान बनाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मन्दिरको पछिल्तिर 20 हात लामो अनि गहिरो एउटा कोठा बनाएका थिए। तिनीहरूले यस कोठाका भित्ताहरूमा ठोकेका थिए। यस कोठालाई महा पवित्र स्थान भनिन्थ्यो।