1 Kings 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको भित्रपट्टि सम्‍पूर्ण देवदारुको फल्‍याकले ढाकेको थियो र ढुङ्गाका भित्ताहरू देखिंदैनथ्‍यो र देवदारुका फल्‍याकहरूमा फूल र लौकाका चित्र खोपेर सिँगारिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरका भित्रपट्टिको देवदारुको काठमा चाहिँ फक्रेका फूल र लौकाका बुट्टा कुँदिएका थिए। ती सबै देवदारुका थिए। ढुङ्गा एउटै पनि देखिँदैनथ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरको भित्री भागचाहिँ देवदारुको काठमा बेलबुट्टा र फक्रेका फूलका आकारहरू कुँदेर बनाइएका थिए। सबै कुरामा देवदारु नै थिए; कुनैमा पनि ढुङ्गा देखिँदैनथ्यो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यस कोठाका भित्ताहरू धूपीका फल्याकहरूद्वारा ढाकेको थियो भित्ता दिवालका कुनै ढुङ्गाहरू देखिंदैन थिए। तिनीहरूले देवदारूको तकताहरूमा लौकाहरू अनि फूलहरू को चित्रहरू कुँदेका थिए।