1 Kings 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिर बनाउँदा मार्तोल वा घन, बञ्‍चरो वा अरू कुनै फलामका हातहतियार चलाएको आवाज नसुनिओस् भनेर मन्‍दिर बनाउनलाई लगाइएका ढुङ्गाहरू ढुङ्गा खानिमा तयार गरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिर बनाउँदा ढुङ्गाको खानिमै तयार गरिएका टुक्राहरू मात्र प्रयोग गरिए। घन वा छिनु वा कुनै किसिमका फलामका औजारको आवाज पनि मन्‍दिर निर्माण गर्ने ठाउँमा सुनिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिर बनाउँदा खानीमा कुँदिएका ठूला ढुङ्गाहरू प्रयोग गरिए। मन्दिर बनिँदै गर्दा त्यस ठाउँमा कुनै घन, छिनो अथवा कुनै फलामको औजारको आवाज सुनिएन।
Nepali ERV (पवित्र बाइबल)
कर्मीहरूले भित्ता बनाउनमा विशाल ढुङ्गाहरू प्रयोग गरे। कर्मीहरूले ढुङ्गा त्यस ठाउँमा काटे जहाँ जमीनबाट तिनीहरूलाई बाहिर निकालिइएको थियो। यस कारण मन्दिरमा मार्तल, बञ्चरो अथवा अरू कुनै फलामको हात हतियारको हल्ला थिएन।