1 Kings 7:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका बुबा टुरोसको बासिन्दा थिए, जो मरिसकेका थिए र उनी पनि काँसाको सिपालु कारिगर थिए। उनकी आमा नप्ताली कुलकी थिइन्। हीराम बुद्धिमान् र काम गर्न जान्ने कारिगर थिए। उनी सोलोमन राजाकहाँ आए र राजाले दिएका सबै काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसकी आमा नप्ताली कुलकी एउटी विधवा थिइन् र जसका पिताचाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्यन्तै निपुण र अनुभवी मानिस थिए। तिनी सोलोमन राजाकहाँ आए र तिनलाई सुम्पिएका सबै कामहरू गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनकी आमा नप्ताली कुलकी एउटी विधवा थिइन्। अनि बुबाचाहिँ टायरमा बस्ने काँसोका सिपालु कारिगर थिए। हूराम काँसको सबै कार्यमा अति सिपालु र अनुभवी थिए। तिनले राजा सोलोमनकहाँ आएर तिनलाई सुम्पिएका सबै कामहरू गरे।
Nepali ERV (पवित्र बाइबल)
हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।