1 Kings 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[2-3] त्‍यसमा भएको एउटा “लेबनानको बन” महल भनिने ठूलो महल ४४ मिटर लामो, २२ मिटर चौडा र १३.५ मिटर अग्‍लो थियो। त्‍यसमा चार लहर देवदारुका खामाहरू थिए, हरेक लहरमा पन्‍ध्र वटा खामाहरू थिए, तीमाथि देवदारुका दलिनहरू राखिएका थिए। छाना देवदारुको बनिएको थियो र त्‍यो भण्‍डार-कोठाहरूसम्‍म लगाइएको थियो। ती भण्‍डार-कोठाहरू खामाहरूमाथि खडा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्‍गो, चार लहर देवदारुका स्‍तम्‍भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जङ्गलको लेबनानको काठले एक सय क्यूबिट लामो, पचास क्यूबिट चौडा र तीस क्यूबिट अग्लो राजमहल बनाए; जसमा देवदारुका दलिनलाई थाम्ने देवदारुकै चार लहर खम्बाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात चौडा अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो।