1 Kings 7:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक-एक दिशामा तीन-तीन वटाका हिसाबले चारै दिशामा मुख फर्काएर उभेका बाह्र वटा काँसाका साँढेका ढाडमाथि कुण्‍ड राखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो खड्‌कुँलो बाह्र वटा साँढ़ेहरूमाथि राखिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्‍चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनका पछिल्‍ला भाग भित्रपट्टि फर्केका थिए। त्‍यो खड्‌कुँलोचाहिँ तिनीहरू माथि थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। तिनीहरूको पछिल्‍लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो।
Nepali ERV (पवित्र बाइबल)
भाँडो 12 वटा काँसाका साँढेहरूमाथि राखिएको थियो। सबै 12 वटा साँढेहरू भाँडोको बाहिर हेरिरहेका थिए। तीनवटाले उत्तर तिर हेरेका थिए, तीनवटा पूर्व, तीनवटा दक्षिण अनि तीनवटा पश्चिमतिर हेरेका थिए।