1 Kings 7:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ट्याङ्कीको भित्ता ७५ मिलिमिटर मोटो थियो र त्यसको मुखको घेरा लिली फूलका पत्रदलजस्तो र कचौराको मुखजस्तै बाहिरपट्टि अलि-अलि फर्केको थियो। त्यस ट्याङ्कीमा करिब चालीस हजार लिटर पानी अट्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको चौड़ाइ चार अङ्गुल थियो, र त्यसको बिटचाहिँ कचौराको बिटजस्तै फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: चवालीस हजार लिटर पानी अटाउँथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको मोटाइ एक बित्ता थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा दुई हजार बाथ अटाउँथ्यो।
Nepali ERV (पवित्र बाइबल)
भाँडोको मोटाइ एक बित्ता मोटो थियो। भाँडोको घेरो प्यालाको घेरो अथवा फूलका पत्रदल जस्तैं थियो। भाँडोमा 2,000 पाथी आँट्थ्यो।