1 Kings 7:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाटाहरूमा सिंह, साँढे र स्वर्गदूतका चित्र बनाइएका थिए र फ्रेममा सिंह र साँढेका तलतिर र माथितिर लहराजस्तै बेह्रिएका बुट्टा कुँदेर सिँगारिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती पाटाहरू र फ्रेमहरूमा पनि सिंहहरू, साँढ़ेहरू र करूबहरू थिए— फ्रेममाथि पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती ठाडो डण्डीहरूका बीच-बीचका पाताहरूमा सिंह, साँढे र करूबहरूका आकृतिहरू थिए। अनि ती ठाडो डण्डीहरूमा पनि त्यस्तै आकृतिहरू थिए। सिंह र साँढेहरूका आकृतिहरूको तल्तिर र मास्तिर पिटेर बनाइएका मालाका हारहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
ती लौका अनि घेराहरूमाथि पाटा अनि चौखटहरूमा काँसाका सिंह, साँढे अनि करूब स्वर्गदूतहरू कुँदिएका थिए माथि अनि तल सिंगहरू र साँढेहरू फूलहरू कुदेर कांसलाई मार्तोलले पिटेर बनाएका थिए।