1 Kings 7:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक गाडामा काँसाकै धुरा भएका चार वटा काँसाका चक्काहरू लगाइएका थिए। पानी हाल्ने ठूलो भाँडो खडा गरी राख्न चार कुनामा काँसाका आधारहरू बनाइएका थिए। ती आधारहरूमा लहराजस्तै बेह्रिएका बुट्टाहरू कुँदेर सिँगारिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्येक गुड्ने टेकामा काँसाका धुरा भएका चार वटा काँसाका चक्काहरू थिए। हरेकमा चार टेकामा अड़ेको एक बाटा थियो, जसका वरिपरि ढलौटे मालाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक ठेलागाडामा काँसका चार वटा चक्का र काँसोका चार वटा धुराहरू थिए। अनि ठेलागाडाको चारै कुनामा भएका ती चार वटा टेकोहरूमाथि त्यो भाँडो अड्याइएको थियो, जुनचाहिँ प्रत्येक पाटाका हारहरूसहित थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक ठेला-गाडीमा चारवटा काँसाका चक्काहरू धुराहरू समेत थिए। कूनामा ठूलो भाँडोको आधारकालागि काँसाको टेकुआ बनाइएको थियो। टेकुआहरूमा काँसालाई पिटेर बनाइएका फूलका आकारहरू थिए।