1 Kings 7:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाडामाथि भाँडा राख्न गोलाकार फ्रेम लगाइएको थियो। त्यो फ्रेम गाडाका टुप्पोबाट ४५ सेन्टिमिटरसम्म माथि उठेको थियो र १८ सेन्टिमिटर तलतिर गएको थियो र त्यसका चारैपट्टि कुँदेर बुट्टा हालिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गुड्ने आधारभित्र खुला भाग थियो, जसको गोलाकार एक हात गहिरो गोला फ्रेम थियो। यसको खुला भाग गोलाकार थियो, र यसको तल्लो भागसमेत डेढ़ हात चौड़ा थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गुड्ने आधारका पाटाहरू गोला होइन तर वर्गाकार थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गाडाका भित्रपट्टि एक क्यूबिट गहिरो गोलाकार फ्रेमसहितको एउटा बाटा थियो। अनि त्यसको पीँधसित नाप्दा त्यो डेढ क्यूबिट थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गाडाका फल्याकहरू गोलो नभएर वर्गाकार थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ बटुकाको मथिल्लो खुल्ला भागको वरिपरिको निम्ति एउटा आधार थियो, आधार एक हात अग्लो अनि व्यासको खोल्ने डेढ हातहरू थिए।