1 Kings 7:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रत्‍येक गाडाको निम्‍ति एउटा-एउटा गरेर हीरामले दश वटा पानी राख्‍ने भाँडाहरू पनि बनाए। हरेक भाँडाको ब्‍यास १.८ मिटर थियो र त्‍यसमा प्राय: आठ सय लिटर पानी अटाउँथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनले काँसाका दश वटा बाटाहरू बनाए। प्रत्‍येक आठ सय असी लिटर पानी अटाउने र नापमा चार हात बराबर थियो। ती दशै वटा गुड्‌ने आधारका निम्‍ति एउटा-एउटा बाटा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि हूरामले चालीस बाथ पानी अटाउने काँसाका दश वटा बाटाहरू बनाए। जुन नापमा चार क्यूबिट फराकिलो थियो। ती दशै वटा गाडाहरू हरेकमा एक-एक वटा बाटा थिए।
Nepali ERV (पवित्र बाइबल)
हीरामले दशवटा बटुकाहरू पनि बनाए। दशवटा ठेलागाडा मध्ये प्रत्येकका लागि एउटा बटुको थियो। प्रत्येक बटुको चार हात चौडा थियो। बटुकोमा लगभग 40 पाथी क्षमता थियो।