1 Kings 7:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[40-45] हीरामले भाँडा, बेल्चा र बटुकाहरू पनि बनाए। परमप्रभुको मन्दिरको निम्ति तिनले सोलोमन राजाले दिएका सबै काम सिद्धयाए। तिनले यी कुराहरू बनाएका थिए— — दुई वटा गोल-खामाहरू — गोल-खामाका टुप्पामा राख्न बाटाका आकारका दुई वटा शीर्षहरू — शीर्षका टुप्पामा भएका आपसमा बुनिएका साङ्लाका आकारहरू — हरेक शीर्षमा साङ्लाका आकारका चारैपट्टि बनेका एक-एक सय काँसाका दारीमका दुई-दुई वटा लहर गरेर जम्मा चार सय काँसाका दारीमहरू — दश वटा गाडाहरू — दश वटा पानी राख्ने भाँडाहरू — पानीको ट्याङ्की — पानी ट्याङ्की थामेर उभिएका बाह्र साँढेहरू — भाँडा, बेल्चा र बटुकाहरू। हुरामले सोलोमन राजाका निम्ति बनाएका मन्दिरका सारा सर-सामान चिल्ला टल्कने काँसाले बनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बाटा र बेल्चाहरू र अरू विशेष छर्कने बाटाहरू बनाए। यसरी हुरामले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि आफ्नो जिम्मामा लिएका सबै काम सिद्ध्याए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए। यसरी हूरामले याहवेहको मन्दिरमा राजा सोलोमनका निम्ति आफूले जिम्मा लिएका सबै कामहरू गरेर सिद्ध्याए:
Nepali ERV (पवित्र बाइबल)
यस प्रकार राजा सुलेमानले परमप्रभुको मन्दिरका लागि आफूले चाहे अनुरूप काम पूरा गरे। तब राजा सुलेमानले ती सबै जिनिसहरू जम्मा गरे जो उनका पिता दाऊदले यस उदेश्यका लागि जोगाएर राखेका थिए। उनले यी चिजहरू मन्दिरमा ल्याए। उनले चाँदी र सुन परमप्रभुको मन्दिरको भण्डारमा थन्काए।