1 Kings 7:50 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कचौराहरू, पानस निभाउने औजारहरू, बटुकाहरू र धूप-दानीहरू र आगोको फिलिङ्गो बोक्ने ताप्केहरू र महा-पवित्रस्थानका दैलाका कब्जाहरू, मन्दिरका बाहिरी ढोकाहरू, यी सबै सामानहरू सुनले बनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कञ्चन सुनका भाँड़ाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्दा भित्री कोठा, अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका लागि र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्टाहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निखुर सुनका बाटाहरू, सलेदोका चिम्टाहरू; छर्कने भाँडाकुँडाहरू र धूपदानीहरू; अनि सबैभन्दा भित्री कोठा अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका निम्ति र मन्दिरका मुख्य कोठाका ढोकाहरूका निम्ति सुनका कब्जाहरू।