1 Kings 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोल-खामाहरूको महल भन्ने ठूलो कोठा २२ मिटर लामो र १३.५ मिटर चौडा थियो। त्यसको अघिपट्टि एउटा पिँढी थियो। पिँढीको अघिपट्टि गोल-खामाहरूमाथि छाना राखिएको थियो। छानाका किनारा खामा नाघेर बाहिरपट्टि निस्केको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पचास हात लामो र तीस हात चौड़ा स्तम्भहरूले घेरिएको चोक बनाए। त्यसको अगि एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू र एउटा बाहिर निस्केको छत थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पचास क्यूबिट लामो र तीस क्यूबिट चौडा भएको खम्बाहरूको एउटा दलान बनाए। त्यसको अगिल्तिर एउटा दलान थियो। त्यसको अर्कोतर्फ खम्बाहरू र तिनीहरूलाई ढाक्ने एउटा छाना थियो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले “खाम्बाहरूद्वार मण्डप” पनि बनाए। यो 50 हात लामो अनि 30 हात चौडा थियो। द्वार मण्डपको अघि खाम्बाहरूमा आधारित छानो थियो।