1 Kings 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठूलो चोकसमेत यी सबै भवनहरू तिनका जगदेखि छानासम्‍म दामी ढुङ्गाले बनेका थिए। ती ढुङ्गाहरू नापअनुसार काटेर ढुङ्गा खानिमा नै बनाइएका थिए र तिनका भित्र-बाहिर दुवैपट्टि आराले काटेर मिलाइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्‍म र जगदेखि छतसम्‍म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्‍च स्‍तरीय ढुङ्गाहरूले बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म यी सबै बनोटहरू भित्र र बाहिरपट्टि आराले काटिएका, ठिक नापमा काटिएका बहुमूल्य पत्थरले बनिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यी सबै भवनहरू बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए। यी ढुङ्गाहरू आराद्वारा चाहिएको आकारमा काटिएका थिए। तिनीहरू अघि अनि पछि काटिएका थिए। यी बहुमूल्य ढुङ्गाहरू जगदेखि भित्ताको माथिल्लो तहसम्म लगाइएका थिए। आँगनको वरिपरिको भित्तासम्म बहुमूल्य ढुङ्गाका टुक्राद्वारा बनाइएका थिए।