1 Kings 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदको सहर सियोनबाट परमप्रभुको करारको सन्‍दुक मन्‍दिरमा लैजान सोलोमन राजाले इस्राएलका सारा कुल र परिवार-परिवारका अगुवाहरूलाई यरूशलेममा आफूकहाँ बोलाउन पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सोलोमनले इस्राएलका धर्म-गुरुहरू, र कुल-कुलका नायकहरू र इस्राएलका परिवारका मुख्‍य-मुख्‍य व्‍यक्तिहरूलाई दाऊदको सहर, अर्थात्‌ सियोनबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई यरूशलेममा जम्‍मा हुनलाई बोलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा सोलोमनले इस्राएलका प्रधानहरू, कुलहरूका सबै अगुवाहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई सियोन, अर्थात् दावीदको सहरबाट याहवेहको करारको सन्दुक ल्याउनलाई आफ्नो उपस्थितिमा यरूशलेममा भेला हुन बोलाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।