1 Kings 8:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] उनले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर! उहाँले मेरा पिता दाऊदलाई यस्तो प्रतिज्ञा गर्नुभएको थियो, ‘मैले मेरा प्रजालाई मिश्रबाट निकाली ल्याएको समयदेखि अझसम्म मेरो आराधना गर्नलाई सारा इस्राएल देशमा मन्दिर बनाउने सहर मैले छानेको छैनँ। तर मैले तँलाई मेरा प्रजामाथि राज्य गर्न छानें। यो करार उहाँले पूरा गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भने: “परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मेरा पिता दाऊदसँग आफ्नै मुखले बोल्नुभएको प्रतिज्ञा आफ्नो हातले पूरा गर्नुभएको छ। किनकि उहाँले यसो भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले भने: “याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा पिता दावीदलाई प्रतिज्ञा गर्नुभएको कुरा आफ्नै हातले पूरा गर्नुभएको छ। किनकि उहाँले भन्नुभएको थियो,
Nepali ERV (पवित्र बाइबल)
तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।