1 Kings 8:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अहिले परमप्रभुले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पितापछि म इस्राएलका राजा भएँ र परमप्रभु इस्राएलका परमेश्‍वरको आराधना गर्न एउटा मन्‍दिर पनि बनाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभुले गर्नुभएको आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा पिता दाऊदको म उत्तराधिकारी भएको छु, र परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम उहाँको सट्टामा इस्राएलको सिंहासनमा म बसेको छु, र परमप्रभुका नाउँको निम्‍ति, इस्राएलका परमेश्‍वरको निम्‍ति मैले यो मन्‍दिर निर्माण गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्‍वरको नामका निम्ति यो मन्दिर बनाएको छु।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें।