1 Kings 8:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट निकाली ल्‍याउँदा करार बाँध्‍दै परमप्रभुले दिनुभएका पत्‍थरका पाटीहरू राखेका करारको सन्‍दुक राख्‍न मैले मन्‍दिरमा पनि अलग्‍गै एउटा ठाउँ छुट्ट्याएर राखेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको लागि एउटा ठाउँ अलग्‍गै राखेको छु, जुन करार हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुँदा उहाँले तिनीहरूसँग बाँध्‍नुभएको थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले सन्दुकको निम्ति त्यहाँ एउटा ठाउँ राखेको छु, जसमा याहवेहले हाम्रा पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुँदा तिनीहरूसित बाँध्नुभएको करार छ।”
Nepali ERV (पवित्र बाइबल)
मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”