1 Kings 8:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रार्थना गरे, “परमप्रभु, इस्राएलका परमेश्वर! माथि स्वर्ग र मुनि पृथ्वीमा तपाईंजस्तो परमेश्वर अरू कोही छैनन्। तपाईंले आफ्ना प्रजासित आफ्नो करार पूरा गर्नुहुन्छ र तिनीहरूले आफ्ना सम्पूर्ण हृदयले तपाईंको आज्ञापालन गरेर जीवन बिताए भने तिनीहरूलाई आफ्नो प्रेम देखाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भने: “हे परमप्रभु, इस्राएलका परमेश्वर, माथि स्वर्गमा र तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन— तपाईं, जसले आफ्नो प्रेमको करार आफ्ना ती दासहरूसँग बाँध्नुहुन्छ, जो तपाईंको मार्गमा सम्पूर्ण हृदयले निरन्तर लागिरहन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भने: “हे याहवेह, इस्राएलका परमेश्वर, माथि स्वर्गमा अनि तल पृथ्वीमा तपाईंजस्तै अरू कुनै ईश्वर छैन। तपाईं, जसले तपाईंको मार्गमा सम्पूर्ण हृदयले चल्ने आफ्ना सेवकहरूसँग बाँध्नुभएको करार सदा कायम राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उनले भनेः “परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुसरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ।