1 Kings 8:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको आराधना होस् भनेर चुन्‍नुभएको यस मन्‍दिरलाई रातदिन रखवाली गर्नुहोस्। यस मन्‍दिरतिर फर्केर प्रार्थना गर्दा तपाईंले मेरो अर्जबिन्‍ती सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको नजर यस मन्‍दिरमा रातदिन रहिरहोस्, यस ठाउँमा, जसको विषयमा तपाईंले यसो भन्‍नुभएको थियो, ‘मेरो नाउँ त्‍यहाँ रहनेछ,’ ताकि तपाईंको दासले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तपाईंले सुन्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस मन्दिरमा तपाईंको दृष्‍टि दिनरात रहिरहोस्। यो ठाउँ, जसको बारेमा तपाईंले ‘मेरो नाम त्यहाँ हुनेछ’ भन्‍नुभएको थियो, ताकि तपाईंको सेवकले यस ठाउँतिर फर्किएर चढाएको प्रार्थना सुन्‍नुभएको होस्।
Nepali ERV (पवित्र बाइबल)
विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।