1 Kings 8:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गमा तिनीहरूको बिन्ती सुन्नुहोस्। इस्राएलका राजा र प्रजाका पाप क्षमा गरिदिनुहोस्। तिनीहरूलाई जे कुरा ठीक छ, त्यो गर्न सिकाउनुहोस् र त्यसपछि हे परमप्रभु, तपाईंले आफ्ना प्रजालाई सदाकाल अधिकार गर्न दिनुभएको आफ्नो यस देशमा फेरि वर्षा ल्याउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना दासहरू, आफ्ना प्रजा इस्राएलको पाप क्षमा गर्नुहोस्। तिनीहरू हिँड्नुपर्ने असल चाल तपाईंले तिनीहरूलाई सिकाउनुहोस्, र आफ्ना प्रजालाई तिनीहरूको उत्तराधिकारीको निम्ति दिनुभएको देशमा पानी बर्साइदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गबाट सुन्नुहोस् र आफ्ना सेवकहरू, इस्राएल तपाईंको जातिलाई क्षमा गर्नुहोस्। तिनीहरूलाई ठिकसित जिउने मार्ग सिकाउनुहोस्। अनि तपाईंले आफ्नो जातिलाई उत्तराधिकारस्वरूप दिनुभएको देशमा वर्षा पठाइदिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।